लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-१४
- A
- A-
- A+
महोत्तरी, बर्दिबास नगरपालिका-१ स्थितबाट लागु औषध गाँजा १५६ किलो ५५ ग्राम
र बा.११च. ३४९४ नम्बरको स्कारपियो सहित सर्लाही हरिवन नगरपालिका-५ घुर्कोली बस्ने
सियाराम साहको छोरा बर्ष अन्दाजी-३५ को लालबावु साह र सर्लाही हरिवन नगरपालिका-३
बुद्दचोक बस्ने शुकमान परियारको छोरा बर्ष अन्दाजी-२१ को अभिषेक परियारलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा
लिएको छ । गोप्य सूचनाको आधारमा शुभ-स्वस्तिक हस्पिटल अगाडि पुर्व-पश्चिम लोकमार्गमा ईलाका
प्रहरी कार्यालय बर्दिबास र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट
संयुक्त रुपमा खटिएको प्रहरी चेकिङ टोलीले पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको स्कारपियोलाई
रोकी चेक जाँच गर्दा उक्त स्कारपियो भित्र पछाडि प्लाष्टिकको बोरा भित्र लुकाई
छिपाई राखेको गाजाँ ३० पोका फेला पारी स्कारपियो र मानिसहरु नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।