लागु औषध सहित मानिसहरु नियन्त्रणमा
२०८२-०२-१४
- A
- A-
- A+
बारा, जितपुरसिमरा उप-महानगरपालिका-१
पथलैया स्थितबाट लागु औषध गाँजा ४ किलो
५०० ग्राम सहित जिल्ला पर्सा बहुदरमाई गाउँपालिका-६बस्ने
बर्ष ४६ को घुरन साह र सोही स्थान बस्ने बर्ष ५४ को रष्टरि साहलाई बुधबार बिहान
प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले
चेक जाँच गर्ने क्रममा नारायणघाटबाट बिरगंज तर्फ जादै गरेको बा ४ ख ५९२२ नम्बर को
यात्रु वाहक बस भित्र लुकाई छुपाई राखेको ब्याग भित्र ४ वटा पलाष्टिकको पोकामा
लागु औषध गाँजा फेला पारी बस र मानिसलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।