फरार प्रतिवादी पक्राउ
२०८२-०२-१६
- A
- A-
- A+
सप्तरी, डाक्नेश्वरी नगरपालिका-१ स्थितबाट अपहरण उद्योग मुद्दामा १
बर्ष ५ महिना ६ दिन कैद सजाय भएका फरार प्रतिवादीहरु सोही स्थान बस्ने बर्ष ६५ को राश लाल साह र
बर्ष ६५ को मलाबक्स मियाँलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका
प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजहरुलाई
वतन एरियाबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।