लागू औषध नियन्त्रणमा
२०८२-०२-२०
- A
- A-
- A+
सिरहा, लहान नगरपालिका ४
कुमाल टोल स्थितबाट लागू औषध ONEREX SYRUP 100 ML को १९३ बोतल मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ
। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय
लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले स ५ प ७४३ नम्बरको मोटरसाईकललाई पछ्याउने
क्रममा मोटरसाईकलबाट जुटको बोरा फाली मानिस फरार भएकोमा बोरा चेक जाँच गर्दा उक्त
परिमाण बराबरको लागू औषध फेला परेकोले लागू औषध नियन्त्रणमा लिई फरार मानिसको खोजतलास
तथा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।