लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-२०
- A
- A-
- A+
महोत्तरी, बर्दिबास नगरपालिका-१४ स्थित गौतम होटल
अगाडिबाट WIN CEREX नामक प्रतिबान्धित लागू
औषध १००ML को १७ थान सहित बर्दिबास नगरपालिका १४ बस्ने
बिरेन्द्र कुमार सिंहको छोरा बर्ष २७ को
शशिभुषण सिंहलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय
बर्दिबास र लागू औषध नियन्त्रण ब्यूरो
शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलिले चेक जाँच गर्ने क्रममा ज७प १३८८
नम्बर मोटरसाइकललाई चेक जाँच गर्दा निजलाई उक्त परिमाण बराबरको लागु औषध सहित
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।