खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८२-०२-२९
- A
- A-
- A+
१.
सिरहा, गोलबजार नगरपालिका-५ स्थितबाट लागु औषध १ ग्राम ५००
मिलिग्राम सहित सोही स्थान बस्ने हरिदेव महतो कोईरीको छोरा अन्दाजी वर्ष २४ को
बिमल कुमार महतो, र वसन्त साह तेलीको छोरा अन्दाजी वर्ष २२ को दिपेन कुमार साहलाई बुधबार दिउँसो
प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध बिक्री वितरण गरिरहेको
भन्ने गोप्य सूचनाको आधरमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय
गोलबजारबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजहरुलाई सोध पुछ गर्दा निजहरुले
उक्त लागु औषध बिमल कुमार महतोले हामीलाई
बिक्री वितरण गर्नको लागि दिएको बताए अनुसार तत्कालै निज बिमल कुमार महतोको घर खान
तलासी गर्दा निजको घरमा रहेको जुत्ता चपल राख्ने दराजमा राखेको जुत्ताको भित्रबाट तिन वटा पोका लागु औषध खैरो हिरोईन
जस्तो देखिने पदार्थ सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, गोलबजार नगरपालिका-४ क्याम्पस चौक स्थितबाट लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ०.४५० मिलिग्राम सहित जिल्ला
सिरहा अर्नमा गाउँपालिका-३ बस्ने दुखी महतोको छोरा अन्दाजी वर्ष २० को अभिषेक
कुमार महतो, सोही स्थान बस्ने धनगढीमाई नगरपालिका-८
कसहा बस्ने हरिकिसन महतोको छोरा अन्दाजी वर्ष
२२ को संतोष कुमार महतो र औरही गाउँपालिका-१ बस्ने श्री रामशरण यादवको छोरा अन्दाजी वर्ष १८ को प्रदिप कुमार यादवलाई
बुधबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी
कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले किशोर महतो घरमा एउटै कोठामा तीन जना
डेरा लिई बस्दै आएकोमानिसहरु माथि शंकाको आधारमा निजको कोठाको खानतलासी गर्दा कोठा
भित्र रहेको सेतो बोरा चेक जाँच गर्दा उक्त बोरा भित्र रहेको २ वटा कालो
स-साना प्लाष्टिकका पोकाहरु खोली हेर्दा लागु औषध खैरो हिरोईन जस्तो देखिने
पदार्थ फेला पारी निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरी आवश्यक
अनुसन्धान गरिरहेको छ ।