लागु औषध नियन्त्रणमा
२०८२-०२-३०
- A
- A-
- A+
१.
बारा, जितपुर सिमरा उपमहानगरपालिका
२१ स्थितबाट प्रतिबन्धित लागु औषध ONEREX (100 ml) को ९२ बोत्तल शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी
कार्यालय अमलेखगंजबाट खटिएको चेकिङ टोलीले रौतहटबाट काठमाण्डौ तर्फ जाँदै गरेको
म.प्र. ०३-००२ ख ०७३२ नम्बरको यात्रुबाहक बसलाई रोकी चेक जाँच गर्दा उक्त बसको
झोला राख्ने र्याकमा कालो झोला भित्र उक्त परिमाण बराबरको लागु औषध फेला पारी
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।