फरार प्रतिवादी पक्राउ
२०८२-०३-०१
- A
- A-
- A+
१.
सिरहा, सिरहा नगरपालिका-१७ स्थितबाट लागु औषध
मुद्दामा १ महिना ९ दिन कैद सजाय भएको फरार प्रतिवादी सिरहा नगरपालिका-२२ बस्ने
महेश कुमार यादबको छोरा बर्ष २६ को कृष्ण कुमार यादबलाई शविबार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले खोजतलास
गर्दै जाने क्रममा निजलाई घर वतनबाट नै नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, मिर्चैया नगरपालिका-५ स्थितबाट लागु
औषध गाँजा मुद्दामा २६ दिन कैद सजाय तोकिएको फरार प्रतिवादी सोही स्थान बस्ने बिल्टु मण्डलको छोरा बर्ष ५४ को राम कुमार
मण्डललाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा
इलाका प्रहरी कार्यालय मिर्चेयाबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा निजलाई
निजको गाँउ घरबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
३.
सिरहा, मिर्चैया नगरपालिका-६ मिर्चैया अस्पताल
स्थितबाट कर्तव्य
ज्यान मुद्दामा १७ वर्ष ३ महिना १ दिन कैद सजाय तोकिएको फरार प्रतिवादी मिर्चैया नगरपालिका
वडा नं.१२ बस्ने फुलेश्वर यादवको छोरा अन्दाजी बर्ष ८० को सिताशरण कुसियैतलाई
आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी
कार्यालय मिर्चेयाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।