लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-०९
- A
- A-
- A+
सिरहा, लहान नगरपालिका वडा नं. १
सिरमराहा स्थित सार्वजानिक सडक खण्डबाट लागु औषध Diazepam injection 2ml को ५ एम्पुल, Buprenorphine injection 2ml को ५ एम्पुल र Phenergan injection 2ml को ३ एम्पुल गरी
जम्मा १३ पिस एम्पुल सहित सोही स्थान बस्ने प्रमोद प्रसाद साहको छोरा वर्ष २३ को प्रशान्त साह र बिर बहादुर मगरको छोरा
वर्ष २९ को आगेश्वर आले मगरलाई आईतवार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका
प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा
निजहरुलाई उक्त लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।