खैरो हेरोइन सहित मानिस नियन्त्रणमा
२०८२-०३-१०
- A
- A-
- A+
सिरहा, लहान नगरपालिका वडा नं. २
मटिअर्वा टोल स्थितबाट लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम सहित सोही स्थान बस्ने रामदत्त
यादवको छोरा अन्दाजी बर्ष २३ को बिवेक यादव, वडा नं. ०१ बस्ने कुशेश्वर साह सुडीको
छोरा बर्ष ३० को सुरेश कुमार साह सुडी र वडा नं. ०२ बस्ने बिन्दिलाल बिश्वकर्माको
छोरा बर्ष अं. २७ को राज कुमार बिश्वकर्मालाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा
लिएको छ । लागू औषध कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी
कार्यालय सिरहा, लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय, गोलबजार र इलाका प्रहरी
कार्यालय लहानबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजहरुसँग रहेको लागु औषध खैरो
हेरोइन जस्तो देखिने पदार्थ नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।