लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१०
- A
- A-
- A+
रौतहट, गौर नगरपालिका-३ वि.पि.चौक स्थितबाट लागु औषध फेनारगन-११० पिस, डाईजापाम-४७ पिस, बुप्रेनुफिन-११० पिस र कोरलेक्स-६३ पिस सहित ई-रिक्सा चालक
जिल्ला रौतहट चन्द्रपुर नगरपालिका-४ बस्ने हर्क बहादुर बि.क.को छोरा अन्दाजी बर्ष
२७ को अजय बि.क.लाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल तर्फ आउँदै गरेको ना १ ह ७८९३ नम्बरको ई-रिक्सालाई
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा लुकाई छिपाई
गरी ल्याउँदै गरेको लागु औषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको छ
।