प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०३-१२

  • A
  • A-
  • A+
Share

१.     पर्सा, बिरगंज महानगरपालिका-२१ परवानिपुर चौक स्थितबाट लागु औषध चरेश ३१९ किलो ग्राम सहित जिल्ला मकवानपुर थाह नगरपालिका वडा नं. १२ बस्ने वर्ष ३६ को बुद्धी बहादुर स्याङ्तानलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचना आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त प्रहरी टोलीले काठमाण्डौबाट वीरगञ्जतर्फ आउदै गरेको प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकलाई खोजतलास गर्ने क्रममा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोक स्थित सडकखण्डमा रोकी राखेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइ ट्रक तथा चालकको कानूनी रित पुर्‍याइ खानतलासी गर्दा उक्त ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र सुनियोजित तरिकाले लुकाइ छिपाइ राखिएको अवस्थामा लागु औषध चरेश १३ पोका फेला परेको र चालक बुद्धी बहादुर स्याङ्तानले लगाएको हाफ पाइन्टको दाहिने खल्तीमा नेपाली रू.१,९२,०००।– ( एक लाख बयानब्बे हजार ) समेत फेला परेकोले उल्लेखित नम्बरको मालबाहक ट्रक र बरामद लागु औषध चरेश सहित निज बुद्धी बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

२.    रौतहट, गौर नगरपालिका-१ भन्सार कार्यालय स्थितबाट लागु औषध Noophin, Cerejack, Phenargan) ५०/५० एम्पुल गरी १५० एम्पुल सहित जिल्ला स्याङ्जा हरिबाश गाउँपालिका-४ बस्ने अन्दाजी बर्ष ३१ को निल कुमार थापा मगरलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार सुरक्षा गार्ड रौतहट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको निल कुमार थापा मगर माथि शंका लागि चेकजाँच गर्दा निजको साथबाट लागु औषध फेला पारी नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

३.    बारा, जितपुर-सिमरा उप-महानगरपालिका-१७ रामनगर चोक स्थितबाट लागु औषध गाँजा अन्दाजी २० किलो ग्राम बिहिबार दिउँसो प्रहरीले नियन्त्रमा लिएको छ । प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरी टोलीले रामनगर बाट मधुवन तर्फ जादै गरेको नम्बर नलेखेको कालो-खैरो हिरो सुपर स्पेलेन्डर मोटरसाईकल रोक्न खोज्दा नरोकि भागेकोमा उक्त मोटरसाईकललाई लखेट्दै जादाँ मोटरसाईकल चालक र पछाडि सवार दुवै  जना मोटरसाईकल र निजहरुको साथमा रहेको पहेलो रङको बोरा छाडि फरार भएको र उक्त पहेलो बोरा चेकजाँच गर्दा लागु औषध फेला पारी नियन्त्रणमा लिई, फरार व्यक्तिको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध समान सहित ट्रक नियन्त्रणमा
२०८२-१२-१२

१.      पर्सा, वीरगं महानगरपालिका वडा नं. १४ गण्डक स्थितबाट अबैध भन्सार छलीका ( बिल बिजक भन्दा फरक भएको ) औषधी र टायल्स लगायतका खुद्रा सामानहरु गरी अन्दाजि मुल्य रु.२,५२,१५,८२१।- (दुई करोड बाउन्न लाख पन्ध्र हजार आठ सय एक्काइस) बराबरको समान सहित ना ३ ख ५६७५, म.प्र.०३-००२ ख ५०१३ र म.प्र.०३-००१ ख ६४६७ नम्बरको ट्रकहरु मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गण्डक पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले वीरगंजबाट पथलैया तर्फ जाँदै गरेको उक्त ट्रकहरुलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त ट्रकहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१२

१.      सर्लाही, पर्सा गाउँपालिका-३ नारायणपुर स्थितबाट अवैध लागूऔषध स्पाम १३ ट्याब्लेट  र स्पास्मो २ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका-१३ बस्ने अन्दाजि वर्ष २२ को रोशन मगर र सोही स्थानमा बस्ने अन्दाजि वर्ष २२ को रोशन लामा रहेका छन् । प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरी टोलिले निजहरुलाई उक्त पदार्थहरु सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, गोलबजार नगरपालिका-४ निपाने टोलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४० ग्राम १ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालाक-६ जलजले बस्ने लक्ष्मी प्रसाद चौधरीको छोरा अन्दाजि वर्ष ४२ को गणेश कुमार चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लहान सिरहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलिले निजलाई प्र.०१-०५-००२ प २०८७ नम्बरको मोटरसाइकल र उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध सामान सहित ट्रक नियन्त्रणमा
२०८२-१२-१०

१.      धनुषा, मिथिला नगरपालिका वडा नं. १० लालगढ रिफ्रेस सेन्टर स्थितबाट अबैध भन्सार छली ( बिल बिजक भन्दा फरक भएको) हार्डवेयर, चकलेट, टायर लगायतका खुद्रा सामानहरु अन्दाजि मुल्य रु. २६,६८,३६७।- (छब्बिस लाख अड्सट्ठी हजार तीन सय सड्सट्ठी रुपैयाँ) बराबरको सामान सहित ना. ६ ख. ८५८६ नम्बरको डब्बा ट्रकलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी चेकिङ टोलिले बिराटनगरबाट हेटौंडा तर्फ जाँदै गरेको उक्त डब्बा ट्रकलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक सामानहरु भएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१०

१.      सिरहा, गोलबजार नगरपालिका-४ निपाने टोलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ११ ग्राम २५० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका-४ बस्ने शंकरलाल चौधरीको छोरा अन्दाजि बर्ष २५ को अनिल चौधरी र सोही स्थानमा बस्ने जगदिश प्रसाद महतोको छोरा अन्दाजि बर्ष ३३ को बलिराम महतो रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलिले निजहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०६

१.      बारा, निजगढ नगरपालिका-९ बुद्ध चौक स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३५० मिलिग्राम सहित १ जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका-८ बस्ने मधु ठकुरीको छोरा अन्दाजि बर्ष २३ को सुमित ठकुरी रहेका छन् । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.     रौतहट, फतुवा विजयपुर नगरपालिका-५ सतपुर टोलबाट अवैध लागूऔषध गाँजा १ किलो ९२० ग्राम सहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  रौतहट फतुवा विजयपुर नगरपालिका-५ सतपुर बस्ने अन्दाजि बर्ष ५० को तेजिलाल यादव र निजकोको छोरा अन्दाजि बर्ष २२ को लालबाबु यादव रहेका छन् । इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तिया रौतहटबाट खटिएको प्रहरी टोलिले निजहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।