फरार प्रतिवादी नियन्त्रणमा
२०८२-०३-१२
- A
- A-
- A+
बारा, सिम्रौनगढ नगरपालिका-६ सिम्रौनगढ
स्थितबाट किर्ते जालसाजी मुद्दामा १ महिना कैद र रू.१०,०००/-जरिवाना
भएको फरार
प्रतिवादी ऐ.ऐ.बस्ने अन्दाजी बर्ष ५० को अनवर अंसारीलाई मंगलबार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले
खोजतलास गर्ने क्रममा ऐ.ऐ.६ पावरहाउस चौक बाट नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।