फरार प्रतिवादी पक्राउ
२०८२-०३-१३
- A
- A-
- A+
सिरहा, सिरहा नगरपालिका-१७ स्थितबाट लागु
औषध मुद्दामा १ महिना ११ दिन कैद तोकिएको फरार प्रतिवादी सोही स्थान बस्ने मुनिलाल
यादवको छोरा अन्दाजी वर्ष २५ को भुनेश भन्ने गुनेश यादवलाई बिहीबार दिउँसो
प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी
टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई
गाउँ घर वतनबाटै नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।