फरार प्रतिवादी प्रकाउ
२०८२-०३-१८
- A
- A-
- A+
१.
सिरहा, बरियारपट्टी गाउँपालिका-५ झिझोल टोल
स्थितबाट कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी सोही स्थान बस्ने महाबिर रायको
छोरा अन्दाजी बर्ष ५० को राम नारायण रायलाई मंगलबार राती प्रहरीले नियन्त्रणमा
लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने
क्रममा निजको गाँउ वतनबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, कर्जन्हा नगरपालिका-१ स्थितबाट
बन मुद्धामा फरार प्रतिवादी सोही स्थान बस्ने जय प्रकाश पासमानलाई बुधबार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी
टोलीले खोजतलास गर्ने क्रममा निजकै घर वतनबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।