लागु औषध गाँजा बरामद
२०८२-०३-१९
- A
- A-
- A+
पर्सा, बिरगंज महानग पालिका वडा नं.१६ नगवा
फुलबारी टोल स्थितबाट लागु औषध गाँजा २४ किलो ५८६ ग्राम र गाँजाको डाँठ २ किलो ६४२
ग्राम बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । सोही स्थान बस्ने महमद मिँयाको घर
नजिकको खालि जग्गामा अवैध लागु औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचना
प्राप्त हुन साथ सशस्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म बिरगंज पर्सा, ईलाका
प्रहरी कार्यालय नगवा र वडा प्रहरी कार्यालय बिर्ताबाट सयुक्त टोलि खटि गई खोजतलास
गरी बेवारिसे अवस्था सडकको छेउ खालि जग्गामा पलाष्टिकमा बेरेर राखेको अवैध लागु औषध
गाँजा नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
।