तेल नियन्त्रणमा लिएको
२०८२-०३-२३
- A
- A-
- A+
तेल नियन्त्रणमा
लिएको
बारा, जितपुरसिमरा उपमहानगरपालिका
२२ हलेसी पेट्रोल पम्प नजिक सोही बस्ने बस्ने विष्णुराज ठकुरीको जग्गामा जिल्ला
मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ बासघारी बस्ने अन्दाजी बर्ष २२ को सरन बलले
संचालन गरेको गाडि वास ग्यारेज पछाडि खालि ठाँउमा तेल ट्याङ्करबाट तेल चोरी गरि
बेचबिखन भईरहेको भन्ने विशेष सुचनाको आधारमा आईतवार साँझ इलाका प्रहरी कार्यालय
अमलेखगंज र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुक्त प्रहरी टोलिले ना. १ क.
२८३६ नम्बरको मिनी ट्रकमा चालक जितपुरसिमरा उपमहानगरपालिका १२ फत्तेपुर बस्ने विजय
चौधरीको छोरा अन्दाजी बर्ष २१ को सुवास चौधरीले निम्न परिमाणको तेल उक्त ट्रकमा
लोड गर्दै गरेको अवस्थामा फेला पारी निम्न प्रकारको तेलहरु जम्मा अन्दाजी ७,९९५
(सात हजार नौ सय पन्चानब्बे) लिटर र उक्त मिनि ट्रक सहित ट्रक चालकलाई नियन्त्रणमा
लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
निम्न:
१) १००० लिटरको ६ वटा
ड्रम मध्ये ५ वटा ड्रममा ५००० लिटर र ५३ वटा १५ लिटरको ग्यालेनमा ७९५ लिटरगरि
जम्मा ५,७९५ (पाँच हजार सात सय पन्चानब्बे) लिटरबनस्पति जन्य जस्तो देखिने अखाध्य
पदार्थ १ वटा खाली ड्रम ।
२) २०० लिटरको ५ वटा
ड्रममा १००० (एक हजार) लिटर पेट्रोल ।
३) २०० लिटरको ३ वटा
ड्रममा ६०० (छ सय) लिटर डिजल ।
४) २०० लिटरको २ वटा
ड्रममा २०० लिटर र १ वटा ड्रममा १०० लिटर र २० लिटरको १५ वटा ग्यालेनमा ३०० लिटर
गरि जम्मा ६०० (छ सय) लिटर मट्टितेल ।
१) बनस्पति जन्य तेल
जस्तो देखिने अखाध्य पदार्थ ५७९५ लि. मूल्य रु. ६,३७,४५०।–
२) १००० लि. पेट्रोल
मूल्य रु. १,६२,०००।- र डिजल ६०० लि. मूल्य रु. ८७,६००।- गरि जम्मा अन्दाजी मुल्य रु.
९,७४,६५०।- (नौ लाख चौहत्तर हजार छ सय पचास रुपैयाँ) बराबरको रहेको खुलेको ।