लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८२-०३-२४
- A
- A-
- A+
बारा, कलैया उप-महानगरपालिका-५ भरत चौक
स्थित मटिअर्वा जाने सडक खण्डमा विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट
खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बाटोको छेउमा आँप राख्ने क्यारेटमा आँप
सहित लुकाई छिपाई राखेको लागु औषध नोरफिन - १५०० पिस, फेनारगन - १५०० पिस र डाईजोपाम
-१५०० पिस सहित जितपुरसिमरा उपमहानगरपालिका- ७ बस्ने नेहाल अंसारीको छोरा अन्दाजी वर्ष
२० को सेराज अंसारीलाई सोमबार साँझ नियन्त्रणमा लिएको छ । चेक जाँच गर्ने क्रममा प्रहरीले
उक्त परिमाण बराबरको लागु औषध, ना.२१ प.१५९१ नम्बरको मोटरसाइकल सहित निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।