फरार प्रतिवादी पक्राउ
२०८२-०३-२६
- A
- A-
- A+
सप्तरी, राजगढ
गाउँपालिका- ४ स्थितबाट चोरी मुद्दामा फरार प्रतिवादी सोही स्थान बस्ने गणेश
कुमार मण्डलको छोरा अन्दाजी वर्ष २७ को
रमेश कुमार मण्डललाई बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी
कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोली खोजतलास गर्ने क्रममा निजको घर वतनबाट
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।