लागु औषध सहित मोटरसाईकल नियन्त्रणमा
२०८२-०३-२६
- A
- A-
- A+
सर्लाही, मलंगवा नगरपालिका-८
स्थितबाट लागु औषध Nitrazetam
Tablets (10 MG ) ट्याब्लेट थान-१७ र Wockhardi
Tablets ट्याब्लेट थान-९
सहित मोटरसाईकल चालक सर्लाही लालबन्दी नगरपालिका-८ बस्ने बर्ष अन्दाजी २७ को बिवेक चौलागाई र पछाडी सवार जिल्ला सर्लाही लालबन्दी नगरपालिका-
८ बस्ने बर्ष अन्दाजी २६ को लक्ष्मण बम्जनलाई बुधबार बेलुका प्रहरीले नियन्त्रणमा
लिएको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको
चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट
नेपाल तर्फ आउँदै गरेको बा.६६प. १५७५ न. को मोटरसाईकलमा सवार मानिसहरुसँग लागु औषध
बरामद गरी मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान कार्य
भइरहेको छ ।