लागु औषध नियन्त्रणमा
२०८२-०३-२६
- A
- A-
- A+
सर्लाही ईश्वरपुर नगरपालिका-९
खोरिया टोल स्थितबाट लागु औषध COCAS DX COUGH
SYRUP ( Dextromethorphan hyd rob romide & chlopheniramine maleate
Syrup )100 ml को ५० (पचास) बोतल र गाँजा जस्तो देखिने
कागजको २१ पुरिया १९० ग्राम बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । सोही
स्थान बस्ने अन्दाजी बर्ष ६० को गेनालाल
महतोको घरमा प्रतिबन्धित लागु औषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको
आधारमा इलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट प्रहरी टोली खटि गई खानतलासी गँहुको
भुसा भित्र जुटको बोरामा लुकाई छिपाई राखेको प्रतिबन्धीत लागु औषध COCAS DX COUGH SYRUP ( Dextromethorphan hyd rob romide &
chlopheniramine maleate Syrup ) र गाँजा जस्तो देखिने कागजको २१
पुरिया फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।