लागु औषध गाजाँ बरामद
२०८२-०३-२७
- A
- A-
- A+
रौतहट, रौतहट गुजरा नगरपालिका ९ स्थितबाट ९ किलो ९०० ग्राम
लागु औषध गाजाँ बिहीबार बेलुका प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी
सिमराभवानिपुरबाट खटिएको प्रहरी टोलीले टोलीले गस्ती गर्ने क्रममा रगपुरबाट
बनबहुअरी तर्फ जाँदै गरेको ना ४३ प ९८२३ नम्बरको मोटरसाइकललाई शंका लागि चेक जाँच
गर्न खोज्दा सिमराभवानिपुर स्थित नहरमा मोटरसाइकल आफै अनियन्त्रित भई नालामा खसेकोमा
मोटरसाइकलबाट उक्त परिमाण बराबरको लागु औषध गाजाँ बरामद गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।