लागु औषध सहित मानिस पक्राउ
२०८२-०३-२७
- A
- A-
- A+
सिरहा, लहान नगरपालिका १ एन.सेल टावर नजिक भित्री सडक खण्डबाट DIAZEPAM-2ml समेत लेखिएको २० एम्पुल, BUPRENORPHINE-2ml लेखिएको २० एम्पुल र PHENERGAN-2 ml समेत लेखिएको २० एम्पुल गरी जम्मा ६० एम्पुल सहित सोही स्थान बस्ने श्यामलाल दासको छोरा वर्ष ३० को बोना भन्ने राम बाबु दास र झुङरा सुडीको छोरा बर्ष ३१ को राम उदगार पुर्वेलाई बिहीबार बलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लु ७३ प ५३८ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।