लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२९
- A
- A-
- A+
सिरहा, सिरहा नगरपालिका १५ ईंट्टा भट्टा
स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७० मिलि ग्राम (प्लाष्टिक
सहित) सहित गोलबजार नगरपालिका ११ बस्ने बेचन साहको छोरा वर्ष २७ को शषि कुमार साहलाई
शनिवास दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको
प्रहरी टोलीले निजलाई लागु औषध सेवन गर्दै गरेको अवस्थामा शंका लागि चेक जाँच
गर्दा निजको साथबाट उक्त परिमाण बराबरको लागू औषध फेला परेकोले लागु औषध सहित
निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
।