फरार प्रतिवादी नियन्त्रणमा
२०८२-०३-२९
- A
- A-
- A+
धनुषा, मुखियापट्टी
मुसहरनिया गाउँपालिका १ स्थित मुसहरनिया चोकमा आईतवार बिहान प्रहरी चौकी मुखियापट्टीबाट
खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग, अंगभंग, डाँका तथा अपराधिक गतिविधी
सम्बन्धी कसुर चालु मुद्दाका फरार प्रतिवादी जिल्ला धनुषा मुखियापट्टी मुसहरनिया
गाउँपालिका २ बस्ने आशनारायण यादवको छोरा वर्ष ३२ को शंकर यादवलाई BR30AN6631 नम्बरको
मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।