लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०
- A
- A-
- A+
सिरहा,
गोलबजार नगरपालिका १ गागन खोलाको झोलुङे पुल स्थितबाट लागु औषध गाँजा २ किलो ग्राम
सहित मुक्सार टोल बस्ने शिवजी साहको छोरा बर्ष २७ को मुनिन्द्र साहलाई आईतवार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मुक्सारबाट खटिएको प्रहरी
टोलीले गोलामुक्सारबाट मुक्सार गाँउ तर्फ आउँदै गरेको स. ५ प. ८६८४ नम्वरको मोटरसाइकललाई
शंका लागि चेक जाँच गर्दा निजलाई उक्त परिमाण बराबरको लागु औषध गाँजा सहित नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।