खैरो हिरोइन सहित मानिस पक्राउ
२०८२-०३-३०
- A
- A-
- A+
सिरहा, गोलबजार नगरपालिका-३ जम्दह (नमुना बस्ती) स्थितमा
ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको गस्ति
टोलीले जमदहबाट गोलबजार तर्फ जाँदै गरेको पैदल यात्रीलाई देखी शंकाको आधारमा
चेकजाँच गर्दा जिल्ला सिरहा गोलबजार नगरपालिका-६ बस्ने
दिलिप नायकको छोरा अन्दाजी वर्ष २० को जय कुमार
नायक र मिर्चैया-७ बस्ने राम किशोर मण्डलको छोरा
अन्दाजी बर्ष- २७ को रंजित कुमार मण्डलको साथबाट खैरो हिरोईन जस्तो देखिने लागु औषध ६० मिलि ग्राम सहित निज दुई जनालाई नियन्त्रणमा लिएको । यस
सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको ।