लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३१
- A
- A-
- A+
बारा, आदर्शकोतवाल गाउँपालिका ४ हर्नैहिया चोकमा
दुई वटा आँपको क्यारेट बेवारिसे अवस्थामा छ भन्ने खबर मिति २०८२-०३-२९ गते साँझ प्राप्त
हुना साथ इलाका प्रहरी कार्यालय बारागढी र
इलाका प्रहरी कार्यालय महेन्द्रजयनगरबाट संयुक्त प्रहरी टोलि खटिगई दुवै आँपको
क्यारेट बरामद गरी चेक जाँच गर्दा लागु औषध १५०० सय पिस फेनार्गन, १५०० सय पिस
नोर्फेन र १५०० सय पिस डाइजोपान गरी जम्मा ४५०० (चार हजार
पाँच सय) पिस लागु औषध ईन्जेक्सन बरामद गरी प्रहरीले थप
अनुसन्धान गर्दै जाने क्रममा मिति २०८२-०३-३० गते साँझ CCTV क्यामेरामा
देखिएको फोटोमा नम्बर नखुलेको भारतीय मोटरसाइकलमा उक्त क्यारेट लोड भएको मोटरसाइकल
चालकले रातो रंङगको भेस्ट लगाएको र लागु औषध बोकेको मोटरसाइकललाई BR05AZ4572 नम्बरको कालो
रातो रङको १५० सि.सि.को भारतीय नम्बरको पल्सर मोटरसाइकलले स्कटिङग गरेको फोटो समेत
देखिएकोले निजहरुको खोजतलास गर्दै जाँदा मिति २०८२-०३-३१ गते साँझ CCTV क्यामेरामा देखिएको फोटोमा भएको
हुलिया अनुसार लागु औषध ओसारपसारमा संलग्न देखिएको देश भारत जिल्ला मोतिहारी
ग्रामपञ्चायत बिजवनि बन्कटवा टोल बस्ने ईन्द्रजित रायको छोरा बर्ष २५ को बलिराम
कुमार यादव र निजको भाई बर्ष १८ को कन्हैया यादव, सोही स्थान बस्ने रंगिलाल यादवको
छोरा बर्ष २१ को वकिल कुमार यादवलाई BR05AZ4572 र BR05BC9501 नम्बरको कालो
रातो कलरको १५० सि.सि.को दुई वटा पल्सर मोटरसाइकल सहित पचरौता नगरपालिका २ चतुरी चोकबाट
नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।