लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-०१
- A
- A-
- A+
१.
बारा, जितपुर सिमरा उप-महानगरपालिका-१
पथलैया चोक स्थितबाट लागु औषध गाँजा अन्दाजी ७ किलो ४७० ग्राम सहित सर्लाही
बिशुनपुर नगरपालिका-३ बस्ने बिगु चौधरीको छोरा अन्दाजी बर्ष ५४ को विरेन्द्र चौधरीलाई बुधबार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले नारायणघाट
बाट मलंगवा तर्फ जाँदै गरेको ना ५ ख ४८२२ नम्बरको यात्रुबाहक बसलाई रोकि चेकजाँच
गर्दा उक्त बसमा सवार यात्रुहरुलाई चेक जाँच गर्ने क्रममा निज विरेन्द्र चौधरीको झोलामा
लागु औषध गाँजा फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
२.
रौतहट, गौर नगरपालिका वडा नम्बर-१ स्थित शुभम
होटल अगाडीबाट लागु औषध NITRAVET-10 लेखिएको १ पत्तामा १५ पिसका दरले १२० पत्तामा १८०० ट्याव्लेट, NETZECARE-10 लेखिएको १ पत्तामा १० पिसका दरले ९० पत्तामा ९०० ट्याव्लेट, NETZECARE-10 लेखिएको १ पत्तामा १० पिसको दरले ३० पत्तामा ३००(सानो) ट्याव्लेट, DIAZEPAM
लेखिएको ३०० एम्पुल र PHENERGAN लेखिएको ३०० एम्पुल सहित जिल्ला रौतहट राजदेवी नगरपालिका वडा नम्बर-८
लक्ष्मिपुर बस्ने बिश्वनाथ पंडीतको छोरा बर्ष २३ को नितेश कुमार पंडित र सोही मोटरसाईकलमा
पछाडी सवार शिव राय यादवको छोरा बर्ष ३२ को पिन्टु कुमार यादवलाई बुधबार दिउँसो
प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय रौतहट र लागू औषध नियन्त्रण
व्यूरो शाखा कार्यालय बिरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिशेष सूचनाको
आधारमा भारतीय नम्बरको BR 05 U 5860 नम्बरको
ग्लायमर मोटरसाईकललाई शङका लागी चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट लागु औषध सहित
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।