लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०४-०५
- A
- A-
- A+
१. बारा, बिश्रापुर गाउँपालिका-४ बलिरामपुर स्कुल स्थितबाट लागु औषध गाँजा अन्दाजी ५ किलो ग्राम सहित देश भारत सितामढी जिल्ला डुमरा बस्ने रामअशिष शर्माको छोरा बर्ष २९ को सावन शर्मालाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लुकाई छिपाइ लगिरहेको उक्त परिमाण बराबरको लागु औषध गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सप्तरी, छिन्नमस्ता गाउँपालिका वडा नं. ३ गोबिन्दपुर स्थितबाट लागु औषध गाँजा २ किलो ९०० ग्राम सहित सप्तरी छिन्नमस्ता गाउँपालिका वडा नं. ६ कुपही बस्ने संजिप मुखियाको छोरा बर्ष १४ को सुरज मुखियालाई आइतबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सखडा र बि.ओ.पि. छिन्नमस्ताबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ साईकलमा जाँदै गरेको सुरज मुखियाले बोकेको कालो झोला चेकजाँच गर्दा उक्त परिमाण बराबरको लागु औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. सप्तरी, राजगढ गाउँपालिका वडा नं.३ नर्घो स्थितबाट लागु औषध गाँजा अन्दाजी
३ क्विन्टल ८८ किलो ७३० ग्राम सहित रामकेबल मण्डलको श्रीमती अन्दाजी बर्ष ४१ की रेखा
कुमारी मण्डललाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । राजगढ गाउँपालिका वडा
नं.३ नर्घो बस्ने अन्दाजी बर्ष ४५ को रामकेबल मण्डलको घरमा लागु औषध गाँजा लुकाई
छिपाई राखेको हुन सक्छ भन्ने बिशेष सुचना प्राप्त भए पश्चात इलाका प्रहरी
कार्यालय कल्याणपुर, सशस्त्र प्रहरी बल बेश पातो, सप्तरी र प्रहरी चौकी झुटकीबाट संयुक्त
रुपमा प्रहरी टोलि खटिई गई खानतलासी गर्ने क्रममा घरको निर्माणाधिन शौचालयबाट २
बोरा, गाई गोठबाट १ बोरा र घर नजिकको बाँस झ्याङबाट ९ बोरा गरी
जम्मा १२ बोरा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।