लागु औषध गाँजा बरामद
२०८२-०४-०५
- A
- A-
- A+
१. सर्लाही,
चक्रघट्टा गाउँपालिका २ बेल्ही स्थितबाट सोमबार बिहान प्रहरीले २१ किलो ६८० ग्राम लागु औषध गाँजा बरामद गरेको छ । प्रहरी चौकी
सुन्दरपुरबाट खटिएको प्रहरी गस्ती टोलीलाई देख्नासाथ ना ५३ प १७९३ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरु
फरार रहेकोमा उक्त मोटरसाईकल नजिक भुईंमा रहेको २ वटा झोला चेकजाँच गर्दा उक्त परिमाण
बराबरको लागु औषध गाँजा फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।