लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-०६
- A
- A-
- A+
१.
बारा, जितपुर सिमरा उप-महानगरपालिका-८
स्थितबाट लागु औषध गाँजा ५ किलो ग्राम सहित ऐ.ऐ गमहरगावा टोल बस्ने जय नारायण
चौधरीको छोरा अन्दाजी बर्ष १८ को चन्दन
चौधरीलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिमरा र जितपुरबाट
संयुक्तरुपमा खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चन्दन चौधरीको निर्माणधीन
पक्कि घरको कोठा भित्र पलाष्टिकको बोरामा लुकाई छिपाई राखेको लागु औषध गाँजा गाँजा
फेला पारि उक्त गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा बरियारपट्टी गाउँपालिका-३ बरियारपट्टी चोक स्थितबाट लागु औषध NPAM-10 Tablet २० पिस सहित सोही स्थान गोलबजार नगरपालिका-१२
बेतौना बस्ने राम कुमार यादवको छोरा अन्दाजी वर्ष १८ को निरज यादव र ऐ. सुखिपुर नगरपालिका-
५ लरकन्हा बस्ने दिपेन्द्र यादवको छोरा अन्दाजी वर्ष १८ को दिपेश यादवलाई मंगलबार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट
खटिएको प्रहरी टोलीलाई दुवै जनालाइ शंका लागि चेक जाँच गर्ने क्रममा निजहरु सँग
लागु औषध फेला पारी नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।