लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-०७
- A
- A-
- A+
बारा,
सिम्रौनगढ नगरपालिका-९ पिठवा स्थितबाट लागु औषध NOOPHIN-1600 पिस, PHENERGAN 2ML-1600 पिस, DIAZEPAM-1600 पिस र ज ८ प
५४२१ नम्बरको मोटरसाईकल सहित मोटसाईकल चालक जिल्ला सर्लाही रामनगर गाउँपालिका-१ धुर्वा
टोल बस्ने हरि साहको छोरा अन्दाजी वर्ष २० को राजेश गुप्ता र सोहि मोटरसाईकलमा
पछाडि सवार जिल्ला बारा जितपुरसिमरा उप-महानगरपालिका-७ खडका टोल बस्ने झकड मिया अंसारिको छोरा अन्दाजी
वर्ष २४ को नसिर अंसारीलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी
चौकी कचोर्वाबाट खटिएको प्रहरी टोलीले टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त
मोटरसाईकललाई रोकी चेक जाँच गर्दा मोटरसाईकलमा बोकेको स्याउको कार्टुन भित्र लुकाई
छुपाई राखेको उक्त परिमाण बराबरको लागु औषध र मोटरसाईकल सहित निजहरुलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।