खैरो हिरोईन सहित मानिस प्रकाउ
२०८२-०४-०८
- A
- A-
- A+
सिरहा, गोलबजार नगरपालिका-७
पुरानो चोहर्वा स्थितबाट लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ८०० मिलि ग्राम
सहित ऐ.ऐ. बस्ने सोन्फी मुखियाको छोरा अन्दाजी वर्ष ३० को रबिन मुखिया बुधबार
बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध कारोबार गरिरहेको भन्ने गोप्य
सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उक्त
सथानमा खटि गई आवश्यक कानुनी प्रकृया बमोजिम निजको घर खानतलासी गर्दा निज रबिन मुखियाले आफु सुत्ने कोठाको बेडमुनि
जुटको बोरामा कालो प्लाष्टिकको टुक्रामा राखेको लागु औषध खैरो हिरोईन जस्तो देखिने
पदार्थ फेला परेकोमा
निज रबिन मुखियालाई उक्त लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।