लागू औषध गाँजा सहित मोटरसाईकल नियन्त्रणमा
२०८२-०४-०९
- A
- A-
- A+
सर्लाही, कौडेना गाउँपालिका-१ स्थितबाट लागु औषध गाँजा १५
किलो ९ ग्राम र बा ९१ प ६५८१ नम्बरको मोटरसाईकल बिहीबार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । लखनदेही खोलाको बाँध छेउमा प्रहरी चौकी सुन्दरपुर
सर्लाहीबाट खटिएको प्रहरी टोलीलाई देखी
मोटरसाईकल चालक र पछाडी सवार मानिस मोटरसाईकल र जेब्रा झोला छाडी फरार भएकोमा उक्त
जेब्रा झोला चेक जाँच गर्दा उक्त परिमाण
बराबरको लागू औषध गाँजा फेला परेकोले लागु औषध सहित मोटरसाईकल नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।