लागु औषध सहित मानिस नियन्त्रणमस
२०८२-०४-०९
- A
- A-
- A+
महोत्तरी, बर्दिवास नगरपालिका-३ काँटा स्थितबाट लागु औषध ब्राउन
सुगर जस्तो देखिने पदार्थ ७३० मिलि ग्राम सहित जिल्ला सिरहा धनगढी नगरपालिका-७
बस्ने अन्दाजी बर्ष २४ को प्रवेश यादव र जिल्ला धनुषा धनुषाधाम नगरपालिका-८ बस्ने
अन्दाजी बर्ष ३२ को प्रवेण अधिकारीलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ
। इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले बार्दिवासबाट सिन्धुली तर्फ
जाँदै गरेको बा ७७ प ५५०० नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा उक्त परिमाण
बराबरको लागु औषध ब्राउन सुगर जस्तो देखिने पादर्थ फेला पारी निजहरुलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।