लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-११
- A
- A-
- A+
१. सिरहा, लहान न.पा. वडा नं. ३ अस्पताल चौक स्थित लहान ठाडी सडक खण्डबाट लागु
औषध DIAZEPAM-2ml लेखिएको १५ एम्पुल, BUPRENORPHINE-2ml लेखिएको १५ एम्पुल र PHENERGAN-2
ml समेत लेखिएको १५ एम्पुल गरी
जम्मा ४५ एम्पुल सहित लहान न.पा. वडा नं. ४ बस्ने राम चन्द्र राज धोबीको छोरा अं. बर्ष १८ को
श्याम बाबु रजक, ऐ.ऐ. बस्ने इन्दल यादवको छोरा अ. बर्ष १९ को दिपेश कुमार यादव र
जिल्ला सिरहा सखुवानन्कारकट्टी गा.पा. वडा नं. ५ बस्ने अशोक यादवको छोरा अं. बर्ष
१९ को धिरज यादवलाई शनिवार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी
कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ठाडीबाट लहान
तर्फ आउँदै गरेको निजहरुलाई शंका लागि चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागु
औषध फेला परेकोले लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, नवराजपुर गाउँपालिका ४ कुसण्डि जाने
बाटोमा गोप्य सुचनाको आधारमा शनिवार दिउँसो इलाका प्रहरी कार्यालय झाझपट्टीबाट, जिल्ला
प्रहरी कार्यालय सिरहा र लागु औषध नियन्त्रण व्युरो गोलबजारबाट खटिएको संयुक्त प्रहरी
टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 32 M 7338 नम्बरको मोटरसाइकललाई
रोक्ने क्रममा नरोकी भागेको हुँदा उक्त मोटरसाइकललाई नियन्त्रणमा लिने क्रममा प्रहरीले
type 77 पेस्तोलबाट एक राउण्ड गोली फायर गरी उक्त मोटरसाइकललाई
नियन्त्रणमा लिई मोटरसाइकल चालक देश भारत मधुवनी ग्राम पञ्यायत बिरपुर वडा नं. ९
बस्ने जनक पासवानको छोरा अन्दाजी वर्ष ३८ को श्याम सुन्दर पासवानलाई चेक जाँच
गर्दा निजको साथबाट लागु औषध खैरो हिरोइन
जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ५० ग्राम ३७ मिलि ग्राम फेला
परेकोले निजलाइ लागु औषध र मोटरसाइकल सहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भईरहेको
।
३.
सिरहा, सिरहा नगरपालिका १५ बुधौरा स्थित
सशस्त्र प्रहरी बल प्रस्ताबित सिमा सुरक्षा गुल्म माडर सिरहा र इलाका प्रहरी कार्यालय
माडरबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिवार साँझ चेक जाँच गर्ने क्रममा भारतबाट
नेपाल तर्फ आउँदै गरेको म.प्र.०१-००४ प ६९६१ नम्बरको मोटरसाइकल चालक सोही स्थान बस्ने
जग्गु महराको छोरा बर्ष २४ को मुकेश महरा र म.प्र. ०१-००४ प ९८६२ नम्बरको मोटरसाइकल
चालक सिरहा नगरपालिका १३ फुलबरिया बस्ने महेश यादबको छोरा बर्ष २० को सतिश यादब र
सोही मोटरसाइकल पछाडी सवार सिरहा नगरपालिका २० सिकाज्योती बस्ने बिलट नारायण
यादबको छोरा बर्ष २४ को रमन कुमार यादबलाई चेक जाँच गर्दा मुकेश महराको साथबाट लागु
औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लास्टिक सहित ३०० मिली ग्राम र रमन कुमार
यादबको साथबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लास्टिक सहित ५८० मिली
ग्राम गरी जम्मा लागु औषध प्लास्टिक सहित ८८० मिलि ग्राम सहित निज तीनै जनालाई
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।