बिल बिजक भन्दा बढी खुद्रा सामानहरू सहित ट्रक नियन्त्रणमा
२०८२-०४-१४
- A
- A-
- A+
पर्सा, बिरगंज महानगरपालिका
१४ गण्डक चोक स्थित सडक खण्डबाट बिल विजक भन्दा बढीको खुद्रा सामानहरू लोड रहेको र
सामानहरूको अनलाईन बिलबिजक साथमा नरहेको अन्दाजी मुल्य रु. ६५,९०,९२८/- (पैंसठ्ठी
लाख नब्बे हजार नौ सय अट्ठाईस रुपैयाँ) बराबरको खुद्रा सामानहरू सहित ना.७ ख. ८१०७
र ना. ६ ख ४४४७ नम्बरको ट्रकलाई मंगलबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बिल
विजक भन्दा बढीको खुद्रा सामानहरु र अनलाईन बिलबिजक साथमा नरहेकोले आवश्यक
अनुसन्धानको लागि उक्त दुवै ट्रकहरूलाई नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय
पथलैया, बारामा बुझाइएको छ ।