लागू औषध Tramadol सहित मानिस नियन्त्रणमा
२०८२-०४-१४
- A
- A-
- A+
बारा, सिम्रौनगढ नगरपालिका ६
पावरहाउस चोक देखि पूर्व पट्टि ५०० मिटर बम नहर स्थितबाट लागू औषध Tramadol
लेखिएको १०३८ पत्ता (क्याप्सुल १०३८० पिस) सहित देश भारत पुर्वी
चम्पारण बिहार राज्य थाना जितना ग्राम पञ्चायत अगर्वा वडा नं. ६ कोडीगावा टोल
बस्ने जयमंगल साहको छोरा अन्दाजी वर्ष ५० को मन्जन साह भन्ने उपेन्द्र साहलाई मंगलबार
बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध
नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज, पर्साबाट संयुक्त
रुपमा खटिएको प्रहरी टोलीले सिम्रौनगढबाट बम नहर तर्फ आउँदै गरेको BR05B
K7035 नम्बरको मोटरसाइकललाई
शंका लागी रोकी चेक जाँच गर्दा मोटरसाइकलको लेगार्डमा झुण्ड्याएको बोराबाट
उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध र मोटरसाइकल सहित निजहरुलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।