लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०४-१८
- A
- A-
- A+
१.
पर्सा, पटेर्वा सुगौली गाउँपालिका
वडा नं. ४ करबोला चोक स्थितबाट लागु औषध गाँजा ८ किलो ४४० ग्राम (प्लाष्टिकको बोरा
सहित) र BR05AG6805 नम्बरको मोटरसाईकल सहित पर्सा गढी नगरपालिका
वडा नं. ९ एकटाङ्गा बस्ने बोतु राउत अहिरको छोरा अन्दाजी वर्ष ३४ को जग मोहन यादवलाई शनिबार बेलुका
प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको
प्रहरी चेकिङग टोलीले चेक जाँच गर्ने क्रममा बेलुवाबाट देवरवाना तर्फ जाँदै गरेको
मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा मोटरसाईकलको
सिटमुनि र निजको शरिरमा बाँधीएको अवस्थामा लागु औषध फेला पारी नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, औरही गाउँपालिका-४
नयाँ कमलपुर गाँउ स्थितबाट लागु औषध गाँजा १०३ किलो ग्राम सहित गोलबजार नगरपालिका १
मुक्सार बस्ने डम्मर बहादुर जोशीको छोरा बर्ष ४२ को जय राम जोशी, सोही
स्थान बस्ने सोमन सदाको छोरा बर्ष ३० को शिब कुमार सदा, सेबक सदाको छोरा बर्ष
२२ को कृष्ण सदा, बासुदेव सदाको छोरा बर्ष १८ को सुरज सदा, गोलबजार
नगरपालिका ३
बस्ने बोला सदाको छोरा बर्ष १७ को पशुपति सदा, सोही स्थान बस्ने देबचन्द्र साहको
छोरा बर्ष ३२ को जिबच्छ साह र औरही गाउँपालिका-३ बस्ने
बर्ष ४२ को राजिन्द्र यादबलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला
प्रहरी कार्यालय सिरहाबाट अनुगमनमा खटिएको प्रहरी टोलीले शंकास्पद अबस्थामा बोरा बोकि
जाँदै गरेकोमा प्रहरी टोलिलाई देख्नासाथ बोरा छाडि भाग्दै गरेको अबस्थामा
निजहरुलाई उक्त परिमाण बराबरको लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।