लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-०४
- A
- A-
- A+
१.
सिरहा, विष्णुपुर गाउँपालिका
१ स्थितबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३१० मिलिग्राम (प्लास्टिक
सहित) लागु औषध सहित जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ बस्ने बर्ष ३८ को
दिनेश सुनार, सोही स्थान बस्ने बर्ष २९ को विशाल गोले, बर्ष ३८ को ईन्द्र सुनारलाई
बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी
कार्यालय बिष्णुपुरबाट खटिएको प्रहरी टोलीले सिरहाबाट चौहर्वा तर्फ आउँदै गरेको यात्री
बाहक प्र.-२-०१-००१ज ००४३ नम्बरको विइङगर गाडिलाइ चेक जाँच गर्ने क्रममा निजलाई
उक्त लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
२.
रौतहट, गुजरा नगरपालिका वडा
नं. २ मोजेवान टोल स्थितबाट सोही स्थान बस्ने कालु मान थिङको छोरा बर्ष ५५ को
गोपाल बहादुर थिङले आफ्नै घरमा लागु औषध गाँजा खरिद बिक्री गरिरहेको भन्ने बिशेष
सुचना मंगलबार दिउँसो प्राप्त हुना साथ प्रहरी चौकी रंगपुर र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट
खटिएको संयुक्त प्रहरी टोलीले निजको घर तथा निजको शरीरको खनतलासी गर्दा घरको
विभिन्न कोठाहरुमा लुकाई छिपाई राखेको ३ किलो ५० ग्राम लागु औषध गाँजा जस्तो देखिने
पदार्थ, नेपाली रु. ७८,०३५/- र भारतीय रु. ६१०/- फेला पारी निज गोपाल बहादुर
थिङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।
३.
रौतहट, चन्द्रपुर नगरपालिका
२ स्थितबाट २० किलो ग्राम लागु औषध गाँजा सहित चन्द्रपुर नगरपालिका २ फुलबारीटोल
बस्ने हिरालाल पुलामीको छोरा बर्ष २२ को सुभास पुलामीलाई मंगलबार साँझ प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी
टोलीले गस्ती गर्ने क्रममा जुडिबेलाबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको बा ३१ प
३३१६ नम्बरको पल्सर मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागु
औषध फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।