लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-०६
- A
- A-
- A+
१.
बारा, निजगढ नगरपालिका ९ स्थित गौरीशंकर
क्याम्पस नजिकैबाट अन्दाजी ५ के. जी. लागु औषध गाँजा सहित जिल्ला मकवानपुर नागशोती
नगरपालिका ८ बस्ने राजु मानन्धरको छोरा बर्ष २५ को शुशान्त मानन्धर र नागशोती
नगरपालिका १ बस्ने यमराज तामाङको छोरा बर्ष २२ को रमेश तामाङलाई बिहीबार बिहान प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको गस्ती टोलीले
पथलैयाबाट निजगढ तर्फ आउँदै गरेको बा.३१.प. ३१९६ नम्बरको मोटरसाइकललाई शंका लागि चेक
जाँच गर्दा उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित निजहरुलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
बारा, जितपुर सिमरा उपमहानगरपालिका २ नं. पुल नजिकैबाट लागु औषध ONEREX 100 ML को २४ बोतल सहित
सोही स्थान बस्ने जोक्कर गोलेको छोरा बर्ष ३४ को संदिप गोलेलाई शुक्रवार बिहान
प्रहरीले नियन्त्रणमा लिएको छ । २ नं. पुल नजिकै बाटो छेउमा बसिरहेको अवस्थामा निजलाई
शंका लागी चेक जाँच गर्ने क्रममा निजले रोकिराखेको गाडी भित्र उक्त परिमाण बराबरको
लागु औषध, निजको साथबाट नेपाली रू. १६,०००/- र भारतीय रू. २,०००/- फेला परेकोले
लागु औषध र रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
सर्लाही, हरिपुर्वा नगरपालिका ५ स्थित बस्ने बर्ष ४५ को रुपेश साहको पक्की घरमा लागु औषध गाँजा लुकाई छिपाई राखिएको छ भन्ने खबर बिहीबार दिउँसो प्राप्त हुना साथ प्रहरी चौकी हरिपुर्वा सर्लाही, जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घर खानतलासी गर्दा घरको छतमा लुकाई छिपाई राखिएको २० के. जी. ३४० ग्राम लागु औषध गाँजा फेला परेकोले लागु औषध सहित रुपेश साह र निजको श्रीमती बर्ष ३५ की प्रतिमा कुमारी साहलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।