लागु औषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित मानिस नियन्त्रणमा
२०८२-०५-०६
- A
- A-
- A+
१.
बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २
स्थितबाट ११.०१ ग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित कलैया उपमहानगरपालिका
वडा नं. ८ दुर्गा स्कुल टोल बस्ने राजकुमार सोनारको छोरा बर्ष २३ को सुरज प्रसाद
सोनारलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिमरा
र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय बीरगंज, पर्साबाट खटिएको संयुक्त
प्रहरी टोलीले रोयाल क्याफे एण्ड लज अगाडी बाटोमा पश्चिमबाट पूर्व तर्फ शंकास्पद
अवस्थामा हिंडिरहेको निजलाई शंका लागि चेक जाँच गर्दा निजको साथबाट उक्त परिमाण बराबरको
लागु औषध फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।