लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०५-०८
- A
- A-
- A+
१.
बारा, जितपुर सिमरा उपमहानगरपालिका २१ स्थितबाट लागु औषध गाँजा ७.३२० किलो
ग्राम (प्लाष्टिक सहित) सहित जिल्ला चितवन राप्ती नगरपालिका १ बस्ने चन्द्र
सिंहको छोरा बर्ष ४२ को सन्चलाल चेपाङलाई शनिवार बिहान प्रहरीले नियन्त्रणमा लिएको
छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज
तर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज ००४२ नम्बरको यात्रुबाहक ईभी गाडीलाई चेक जाँच
गर्दा गाडीमा सवार निजलाई चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागु औषध
फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. रौतहट, गौर नगरपालिका ८ बसपार्क स्थितबाट लागु औषध नाईट्रोभेट ट्याब्लेट २३ पत्ता, लागु औषध गाँजा जस्तो देखिने पदार्थ अन्दाजी ४ कि.ग्रा. र Diazepam इन्जेक्सन ९२ पिस सहित जिल्ला सप्तरी सुरुङगा नगरपालिका १ बस्ने सुखल चौधरीको छोरा वर्ष २५ को बिजय चौधरीलाई शनिवार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले चेक जाँच गर्ने क्रममा निजलाई उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. सिरहा, मिर्चैया नगरपालिका ६ कटारी चौक स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ २०० मिलि ग्राम सहित जिल्ला उदयपुर कटारी नगरपालिका २ खोक्सा टोल बस्ने लाल बाहादुर पौडेलको छोरा बर्ष २८ को चेत बहादुर पौडेललाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेक जाँच गर्दा निजलाई उक्त परिमाण बराबरको लागु औषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।