लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-०९
- A
- A-
- A+
सिरहा, औरही गाउँपालिका १ दरहिया चोकबाट लागु औषध ISORDIL-5 २० पिस र NITRAVET-10 ५ पिस गरी जम्मा २५ पिस ट्याब्लेट सहित सुखिपुर नगरपालिका ७ नङगुरबा टोल बस्ने अनुरुद्ध महतोको छोरा बर्ष २० को बिबेक कुमार महतोलाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको स.२ प. ८०६५ नम्बरको मोटरसाइकललाई शंका लागी चेक जाँच गर्दा निजको साथबाट उक्त लागु औषध फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।