लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०५-१०
- A
- A-
- A+
पर्सा, बिरगंज महानगरपालिका वडा नं. १६ बसपार्क
स्थित सिस महल होटल एण्ड लज अगाडीबाट लागु औषध गाँजा ५ किलो २ ग्राम (प्लास्टिक
सहित) सहित जिल्ला मकवानपुर कैलाश गाउँपालिका वडा नं. ८ बस्ने बुदे थिङको छोरा
सुर्य बहादुर थिङ र राम बहादुर तामाङको छोरा वर्ष ३६को हिरालाल तामाङलाई सोमबार
बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बसपार्क पर्साबाट खटिएको गस्ती
टोली मधेश प्रदेश ०३-००१ख २३०९ नम्बरको ई- रिक्सामा चढ्न लागेको अवस्थामा
निजहरुलाई शंका लागि चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले
लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।