लागु औषध सहित ४ जना मानिस नियन्त्रणमा
२०८२-०५-१५
- A
- A-
- A+
सिरहा, भगवानपुर गाउँपालिका-१ भगवानपुर स्थितबाट लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम सहित BR 32 AX 1483 (125 CC पल्सर) मोटरसाईक, मोटरसाईकल चालक देश भारत, बिहार राज्य, मधुबनी जिल्ला, थाना लौकही, ग्राम पञ्चायत झौहरी ग्राम घोवयाही वडा नं. १ बस्ने मो. ईस्लामको छोरा बर्ष २४ को मो. मिस्टर, सोही मोटरसाईकल पछाडी सवार देश भारत, बिहार राज्य, मधुबनी जिल्ला, थाना खुटौना, ग्राम पञ्चायत प्रसाही पुर्वी ग्राम मुरारपट्टि बस्ने मो. हफिज मिँयाको छोरा बर्ष ३८ को अख्तर हुसेन, सोही मो.सा. पछाडी जिल्ला सप्तरी खड्क नगरपालिका ६ बस्ने जलिल मिँयाको छोरा बर्ष ४२ को आविद हुसेन र देश भारत मधुवनी जिल्ला थाना लौकही, ग्राम पञ्चायत झौहरी ग्राम घोवयाही वडा नं. १ बस्ने मोहमद खुर्शीदको छोरा अन्दाजी वर्ष २३ को मोहमद मुस्तफालाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्था उभिइरहेको ४ जना मानिसहरुलाई चेक जाँच गर्ने क्रममा उक्त लागु औषध फेला परेकोले लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।