लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-१५
- A
- A-
- A+
सिरहा,
कर्जन्हा नगरपालिका-३ बन्दिपुर स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने
सेतो पदार्थ १.३१० ग्राम सहित सिरहा कर्जनहा नगरपालिका-४ बडहरा माल टोल बस्ने राम
दयाल मण्डलको छोरा बर्ष २६ को लाल बाबु मण्डल आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा
लिएको छ । हरे कृष्ण
डेन्टल क्लिनिक प्रा.लि. अगाडि १ जना व्यक्तिले लागु औषध सेवन गरिरहेको छ भन्ने
गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरी टोलीले सोही
स्थानमा बसिरहेको निजलाई चेक जाँच गर्दा उक्त परिमाण बराबरको ब्राउन सुगर जस्तो
देखिने सेतो पदार्थ फेला परेकोले निजलाई लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।