लागु औषध र नगद सहित मानिस नियन्त्रणमा
२०८२-०५-१६
- A
- A-
- A+
धनुषा, जनकपुर उपमहानगरपालिका २३ बसपार्क स्थितबाट ९ के.जी. लागु औषध गाँजा भारतीय रू. ३,३५१/-, ने.रू. ३,३४०/-, कतारी रियाल १४८ नगद, कुवेती दिनार १ नगद, थाईल्याण्डको ४० नगद सहित देश भारत राज्य दिल्ली जिल्ला भारतनगर पत्थरवाला वाग बस्ने मोहम्द साविरको छोरा वर्ष ३४ को मोहम्द नसिम र सोही स्थानको बजिरपुर बस्ने मो. असलाकको छोरा वर्ष २६ को मो. इनायतुल्लालाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरी टोलीले जनकपुरबाट मुजफरपुर भारत जानको लागि नेपाल भारत बसको टिकट काटेको निजहरुलाई शंका लागी चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागु औषध गाँजा र नगद फेला परेकोले लागु औषध र नगद सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।