लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०५-१७
- A
- A-
- A+
सर्लाही, ईश्वरपुर नगरपालिका ४ पूर्व-पश्चिम राजमार्गको दोस्रो लच्का नजिकैबाट ५५ के.जी. २२० ग्राम लागु औषध गाँजा सहित ईश्वरपुर नगरपालिका १२ घारीबथान बस्ने राज कुमार भुजेलको छोरा वर्ष ३२ को संजिव भुजेललाई सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध ओसार पसार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय केशगरंजबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा पुगि शंकास्पद रुपमा सडक किनारामा बसिरहेको अवस्थामा निजलाई चेक जाँच गर्दा सोही स्थानमा निजले सेतो रंगको तीन वटा प्लाष्टिकको बोरा भित्र परालले छोपी लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाण बराबरको लागु औषध गाँजा फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।